५१ अङ्कले बढ्यो शेयर बजार

काठमाडाैं | जेठ ९, २०८०

५१ अङ्कले बढ्यो शेयर बजार

काठमाडौं:   लगातार छैटौँ दिन आज मङ्गलबार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६३ विन्दुमा पुगेको छ ।


आज सबै समूहको शेयर उकालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ७१ वटा कम्पनीका ६० लाख ६७ हजार कित्ता शेयर दुई अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।


आज खप्तड लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आज जम्मा दुई वटा कम्पनीको शेयरमात्रै सामान्य घटेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्